कपुरकोटमा शैक्षिक तथा धार्मिक महोत्सवको तयारि

Posted on: 01 May, 2018

शंकर के सी | वैशाख १८, सल्यान । नमुना विद्यालय निर्माणका लागी कालिका मावि कपुरकोटले सञ्चालन गर्न लागेको शैक्षिक तथा धार्मिक महोत्सवको तयारि स्वरुप निमन्त्रणा कार्य शुरु भएको छ । महोत्सव आयोजक मुल समितीले मंगलबारबाट विभिन्न स्थानमा गएर निम्तो गर्न थालेको हो ।

आज मंगलबार कपुरकोट गाउँपालिकाको वडा नम्बर १ र २ मा पुगेर मुल समितीका संयोजक भुवनेश्वर गौतम सहितको टोलिले निमन्त्रणा बाँडेको समितीका उपाध्यक्ष श्याम कुमार केसीले जानकारि दिएका छन् ।

कालिका माविमा आगामी जेठ ७ गतेदेखि १४ गते सम्म धार्मिक महोत्सव सञ्चालन गर्न लागीएको हो । महोत्सवमा प्रमुख प्रवचकको रुपमा गोविन्द शरण महाराज आउने र सुखमय जीवन जीउने सरत तरिका, रहस्यहरुका बारेमा मिरादेवीले प्रवचनहरु सञ्चालन गर्ने कालिका माविका विव्यस अध्यक्ष रुद्रविर कवरले जानकारि दिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!