दलित परिवारको चुलो–चौकसमा काम गर्दै गुल्मीकी कांग्रेस नेतृ सापकोटा

Posted on: 02 May, 2018

प्रेम सुनार/बैशाख १९ गुल्मी। आज विहान  पँधेरोमा पानी बोकेर आए पछि गुल्मी अस्लेवाका उत्तम सुनारको घरमा आँगन वढार्ने र पानी तताउने काममा व्यस्त थिईन कांग्रेस नेतृ विष्णुकुमारी सापकोटा ।


नेपाली कांग्रेस गुल्मीले अगाडी सारेको ५० दिने महाअभियानको क्रममा सत्यवती गाउँपालिका वडा नम्वर १ अस्लेवामा खटिएकी सो पार्टीकी  जिल्ला सचिव सापकोटा उत्तम सुनारको घरमा आईतवार देखि वस्दै आई रहेकी हुन् । अभियानको नीति अनुसार जिल्लाभर हिडेका कांग्रेस कार्यकर्ताहरु नेता वा पाहुनाका रुपमा नभएर सम्वन्धित परिवारका एक सदस्यका रुपमा प्रस्तुत हुने छन् ।


नेतृ सापकोटा पनि त्यही रुपमा प्रस्तुत हुँदै सुनारको परिवारले जे खान्छन् , जस्तोमा सुत्छन त्यस्तैमा  सुत्दै आएकी छन् । गरिवी,  पछ्यौटेपन, सामाजिक विभेद, जस्ता विषयलाई प्रत्यक्ष आफैले अनुभुत गर्ने उद्देश्यका साथ सुरु गरिएको महाअभियानलाई गुल्मी कांग्रेसले मात्र होईन देशैभरको कांग्रेसले  उच्च महत्वका साथ  लिएको छ ।


यहि अभियानलाई नजिकबाट नियाल्न कांग्रेसका युवा नेता एवं पुर्व स्वास्थ्य मन्त्री गगन थापा आज गुल्मी आउँदै  छन् । नेता थापा गुल्मीको वाग्ला आए पनि अघि पछि  जस्तो उनलाई यहाँका नेता कार्यकर्ताहरु भेट्न जाने छैनन् ।

‘गगन जी आउँदै हुनुहुन्छ भन्ने सुनेकी छु ’–कांग्रेस नेतृ सापकोटाले भनिन –म त उत्तम जिको वारीमा मकै छर्ने काममा व्यस्तु छु । ’ उनि उत्तम सुनारको घरमा विहानभरी गर्ने कामहरु सके पछि अहिले दिउँसोको मेलो मकै छर्ने , ढल्ला फोर्ने काममा ब्यस्त छन् । उता पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ पनि गगन थापालाई भेट्न आउन नभ्याउने बताए ।


अर्लाङ्गकोटमा सयौं वर्ष  अघि देखि बन्द गरिएको तामा खानी भित्र प्रवेश गरेका श्रेष्ठले अनौठो लागेको बताउँ छन् । उनि पनि ददल्का र दाँसीकोटको विच भागमा पर्ने दलित परिवार मै बसेका छन् ।  उता सचिव खिलध्वज पन्थी आज वाग्लामा छन् । ९३ वटै वडामा खटिएका कांग्रेस जिल्ला प्रतिनिधीहरु अधिकांस दलित परिवारकै घरमा वस्दै छन् र हाम्रो समाजको जातिय विभेदलाई यसै अभियान कै क्रममा दाह संस्कार गर्ने बताएका छन् ।

लिम्घामा पुगेका जिल्ला प्र्रतिनिधी भरत भलामी आफु गहिरो सामाजिक अध्यानमा लागेको बताउँ छन् । यस अभियानले दलित गरिवहरु संग कांग्रेसले अपनत्व बढाएको छ । कांग्रेसले यस अभियनका क्रमा विकास निर्माणमा हुने गरेको ढिला सुस्ती, अनियमित्ता र भ्रष्टचारको भण्डाफोर समेत गर्ने बताएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!