३३ किलो सुन प्रकरणका २८ अभियुक्तलाई अदालतमा पेश गरियो (नाम सहित)

Posted on: 02 May, 2018

वैशाख १९, मोरङ | ३३ किलो सुन प्रकरण अन्तर्गत आज अभियुक्तहरुलाई जिल्ला अदालत मोरङमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका २८ जना अभियुक्तहरुलाई मोरङ अदालतमा बुधबार पेश गरेको हो । 

प्रहरीले अभियुक्तहरुलाई अदालत लैजाने क्रममा सर्वसाधारण तथा ब्यापारीलाई प्रहरी हथकडी लगाएर अदालतमा उपस्थित गराएको थियो । तर पूर्वडीआईजी गोविन्द निरौलासहितका सुनकाण्डमा मुछिएका प्रहरीका वर्तमान र भूपू अधिकारीहरुलाई भने प्रहरीले स्कार्पियो गाडीमा अदालत पुर्‍याएको थियो । 


पक्राउ परेका सबै प्रहरीलाई भने बिना हतकडी अदालत लागिएको थियो । ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरु को-को छन् लिष्ट हेर्नुहोस् 

पक्राउ परेका व्यापारी तथा अन्य 

१. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ

२. थाई एयरवेजका कर्मचारी बालकृष्ण श्रेष्ठ र कपिलराज पुरी

३. व्यापारी गोपालकुमार श्रेष्ठ

४. व्यापारी दोराम खत्री

५. व्यापारी सम्भिरप्रसाद तोलाङे,

६. व्यापारी हेमन्त गौतम

७. गुन्डा नाइके ‘तक्लु’ भनिने पुण्यप्रसाद लामा

८. व्यापारी वीरेन्द्रमान श्रेष्ठ

९. थाई एयरवेजका कर्मचारी लालबहादुर मगर

१०. व्यापारी राजु महर्जन

११. व्यापारी, भारतीय नागरिक महावीर गोल्यान

१२. लाक्पा शेर्पा (हत्या आरोपी)

१३. मदन घिमिरे (हत्या आरोपी)

१४. आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य

१५. जय मातादी गोल्य प्यालेसका सञ्चालक पवन अग्रवाल

१६. गोरेका सहयोगी मोहन काफ्ले र नरेन्द्र कार्की

१७. प्रहरी- पूर्वडीआईजी गोविन्द निरौला

१८. प्रहरी - एसपी विकास खनाल

१९. प्रहरी- डीएसपी सञ्जय राउत

२०. प्रहरी - डीएसपी प्रजित केसी

२१. प्रहरी - सइ बालकृष्ण सञ्जेल

२२. प्रहरी - जवान विष्णु खड्का

यस बिषयमा तपाइको प्रतिक्रिया...!