मकवानपुरका टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्षसहित ३ जना पक्राउ

Posted on: 04 May, 2018

वैशाख २१ मकवानपुर | सिन्डिकेट लागु गरेको र सार्वजनिक सवारी नचलाएको भन्दै सरकारले देशभरका यातायात व्यवसायी संघका पदाधिकारीलाई पक्राउ गर्न थालेको छ।

सवारी संचालन नगरेको भन्दै मकवानपुर प्रहरीले टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की सहित  ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टेम्पो तथा मझौला यातायात ब्यवसायी संघका अध्यक्ष सँगै सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने रहेका छन् ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!