गुल्मीमा यातायात बन्द खुल्यो

Posted on: 04 May, 2018

प्रेम सुनार/वैशाख २१ गुल्मी। विहान देखि यातायात व्यवसायीले गरेको यातायात बन्द आव्हान दिउँसो चार वजेसम्म पुर्णतः ठप्प भए पनि दिउँसो चार वजेपछि गुल्मीमा खुल्ला गर्ने सहमति भएको छ । 

प्रमुख जिल्ला अधिकारी कोशल राज शर्माले गुल्मी यातायात व्यवसायी संघका पदाधिकारीलाई जिल्ला प्रशासनमा बोलाई यस्तो यातायात खुलाउने सहमति भएको हो ।

संघका वरिष्ठ उपाध्यक्ष रमेश काउछा, महासचिम हिमाल कुँवरलाई बोलाएर प्रमुख जिल्ला अधिकारी शर्माले अत्यावश्यक सवारी साधन बन्द हडताल गरिदा जनताले सास्ती व्यहोरको भन्दै अहिले साँझ देखि जिल्ला भर र उता वटवल सम्म खुलाई दिन आग्रह गरेका थिए ।

सुरक्षा निकायका प्रमुख , रेसुङ्गा नगरपालिकको मेयर डिल्लीराज भुसाल लगायतका जनप्रतिनिधी समेत वसेर संघका पदाधिकारी संग यस्तो आग्रह गरेपछि उनिहरु सहमत भएका हुन् । पदाधिकारीद्धयले अत्यावश्यक नागरिकले यातायातका साधन  रिर्जभ गरेर आवात जावत गर्न आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी शर्माले  गुल्मीमा अहिले साँझ साढे चार वजे पछि अत्याअवश्यक यात्रुहरुका लागि   यातायात खुलाउने सहमति भएको जानकारी दिए । भोली  विहान देखि विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको वन्द आव्हान  प्रति भने प्रशासनले कुनै प्रतिकृया दिएको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!