मकवानपुरका एसपी श्रेष्ठ भन्छन:- 'अपराध गरेर भाग्न खोजे “इन्काउन्टर” हुन्छ'

Posted on: 08 May, 2018

बैशाख २५ मकवानपुर | जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आजबाट प्रमुखको रुपमा आएका एसपी लोकेन्द्र श्रेष्ठले जघन्य अपराध गर्दागर्दै प्रहरीलाई देखेर भाग्न खोजे या प्रहरीमाथि आक्रमण गर्न खोजे “इन्काउन्टर” गरिने बताएका छन् । 

मकवानपुरका सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा एसपी श्रेष्ठले मकवानपुरलाई अपराधमुक्त बनाउने आफ्नो एकमात्र लक्ष्य रहेको बताए । 

जिल्लामा रहेको सुरक्षा चुनौतिको विषयमा आफु बुझने क्रममा रहेको भन्दै उनले जिल्लामा हुने हरेक किसिमको अपराध न्युनिकरणको लागि प्रहरीले दिनरात नभनी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । अपराध गर्नेहरुलाई कुनै सोर्सफोर्समा नछोडने भन्दै उनले भने “चाहे जस्तोसुकै ठाउँबाट पनि फोन किन नआओस, अपराध गर्नेलाई छोडदिन, नियममा म एक कदम पनि पछाडी हट्दिन् ।” मकवानपुरमा रहेको लागु औषध नियन्त्रणको लागि गाँजा फडानी गर्ने मेसिन समेत मगाएको भन्दै एसपी श्रेष्ठले फरार अभियुक्त समात्ने प्रहरीलाई प्रति फरार अभियुक्त ५ सय पुरस्कारको ब्यवस्था गरेको समेत बताए । 

पत्रकारसँगको अन्तरक्रियामा उनले सुरुमा प्रहरीबाटै सुधारको अभियान सुरु गर्न लागेको जानकारी दिए । प्रहरी कार्यालय परिषरमा धुम्रपान तथा मध्यपान सेवन गर्नेलाई आजैबाट प्रवेश निषेध गर्ने समेत उनको भनाई रहेको छ । आफुले मकवानपुरमा भएको कुरिति, विसंगतिको अन्त्यको लागि दिनरात काम गर्ने समेत उनले बताए । प्रदेशको राजधानी भएको कारण पनि यहा सुरक्षा चुनौतिहरु धेरै हुनसक्ने भन्दै उनले सुरक्षाको विषयमा आफुले रणनीतिको साथ अघि बढने समेत बताए । आफ्नो एकमात्र उदेश्य शान्ति सुरक्षा कायम गर्ने आफ्नो सम्पूर्ण ध्यान सोहि कार्यमा रहेको बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!