सन्धिखर्कद्वारा निशुल्क पशु स्वास्थ्य शिबिरमा १२ सयको उपचार

Posted on: 08 May, 2018

वैशाख २५, अर्घाखाँची | सन्धिखर्क नगरपालिकाको आयोजनामा  वाड नम्वर ११ डिभर्नाको अमिलेमा एक दिने निशुल्क पशु स्वास्थ्य शिबिर आज सम्पन्न भएको छ । 

 नगरपालिकाको विकट स्थान भनेर चिनिने अमिलेमा पशुहरुमा लाग्ने रोग तथा पशुहरुलाइ नियमित रुपमा गरिने चेकजाचको निशुल्क शिबिर सञ्चालन भएपछि स्थानीयबासिन्दाहरु हर्षित भएका छन । 

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले ९० बर्षिय लालबहादुर सेजवाललाइ जुका, माटे, भिटामीन र जुम्राको औषधी प्रदान गरेर पशु स्वास्थय शिबिरको उद्घाटन गर्नु भएको हो । 

कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख भुसालले सन्धिखर्कका विभिन्न वडाहरुमा कृषि र पशुपालनबाट मनग्य आम्दानी गर्न सकिने भएकाले नगरपालिकाले कृषि र पशुवालनमा विशेष कार्यक्रम ल्याएको बताउनु भयो । 

पशु स्वास्थ्य शिबिरबाट एक सय सात घरधुरीका १२ सय पशुको उपचार तथा निशुल्क औषधीहरु वितरण गरिएको नगरपालिका पशु शाखा प्रमुख राधा पाण्डेले बताउनु भयो ।


स्वास्थ शिबिरमा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, जिल्ला पशु सेवा कार्यलयका प्रमुख डाक्टर लोकनाथ पौडेल, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली,  पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण अचार्य, सन्धिखर्क ११ का वडा सचिव  कुलदिप पोख्रेल लगायतको उपस्थिति रहेको थियो । 

शिबिरमा डाक्टर लोकनाथ पौडेल, पशु प्राविधिकहरु राधा पाण्डे, रेश्मीराज ज्ञवाली, बुद्धिराम गौतम , प्रदिप आचार्य, सम्झना पराजुली लगायतले पशुहरुको उपचार तथा निशुल्क औषधी बितरण गर्नु भएको हो । 

उद्घाटन समारोह सन्धिखर्क वडा नम्वर ११ का वडा अध्यक्ष ध्रुबराज आचार्यको अध्यक्षता, र राधा पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!