हेटौँडा बजारमा मृग लिएर हिडने तीनजना प्रहरी खोरमा

Posted on: 12 May, 2018

वैशाख २९, हेटौँडा | ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले मृग सहित ३ जनालाई पक्राउ गरेको छ । 

हेटौडा १९ नेवारपानी स्थित सडक खण्डमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना २ ह १५१३ नंबरको अटोलाई रोकी चेकजाँच गर्ने क्रममा घाईते मृगलाई लिईआएको अवस्थामा हेटौडा उपमहानगरपालिका वडा नंबर १९ बस्तिपुर बस्ने बर्ष २५ को आशिष लामा,बर्ष २८ को सरोज तामाङ र बर्ष १९ को अनिल तामाङलाई प्रहरीले पकाउ गरेको हो । 


निजहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भईरहेको र घाईते मृगलाई जिल्ला बन कार्यालयको जिम्मा लगाई पठाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!