नुवाकोटमा बसको ठक्करबाट मजदुरको मृत्यु

Posted on: 12 May, 2018

वैशाख २९, नुवाकोट | नुवाकोटको किस्पाङ–५, मनकामनास्थित चाँपडाँडामा बसले ठक्कर दिँदा आज दिउँसो एकजनाको मृत्यु भएको छ । 

शान्तिबजारबाट सातदोबाटोतर्फ गइरहेको बा ४ ख ७३८९ नं. को बसले सडक निर्माणमा खटिएका मजदुर सल्यान जिल्लाको कालीमाटी गाउँपालिका–३ का कुशल घर्तीको घटनास्थलमै मृत्यु भएको छ । 

तिव्रगतिमा रहेको बसले सडक छेउमा ढलनाली निर्माणका लागि पर्खाल लगाइरहेका घर्तीलाई ठक्कर दिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!