कमलामाईमा ठक्करबाट एकको मृत्यु

Posted on: 12 May, 2018

वैशाख २९, सिन्धुली | विपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, हीरापानी नजिक माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । 

काठमाडौँबाट झापातर्फ जाँदै गरेको बा ५ ख ७४० नम्बरको माइक्रोबसले काठमाडौँबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको ज ९ प ७१५६ नंको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा बा ७२ प ४९२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै ज्यान गएको र अरु तीन घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था भने गम्भीर रहेको छ । 

मृत्यु हुनेमा बा ७२ प ४९२९ नं.को मोटरसाइकल चालक सिन्धुली जिल्ला दुधौली नगरपालिका–६ का अजित कुँवर रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । 

सोही मोटरसाइकलमा सवार दुधौली नगरपालिका–६ का गणेश फोनेत गम्भीर घाइते भएका छन् । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा माइक्रोबसमा सवार दुईजना सामान्य घाइते भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!