सुर्खेतमा आत्महत्याले विकराल रुप लियो

Posted on: 13 May, 2018

वैशाख ३०, सुर्खेत | सुर्खेतमा झुण्डिएर आत्महत्या गर्नेहरुको अवस्था भयावह रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्ष बैशाखसम्मा ५२ जनाले झुण्डिएर आत्महत्या गरेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ ।

कार्यालयका तथ्याङ्क अनुसार १५ जनाले विष सेवन गरी आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षमा १ सय ३१ वटा सार्वजनिक अपराधसम्बन्धी मुद्दा कार्यालयमा दर्ता भएको एसपी चतुर्वेदीले जानकारी दिए । 

कार्यालयमा ११ वटा बहुविवाह, लागु औषधसम्बन्धी २४ वटा, जबरजस्ती करणीसम्बन्धी १५ वटा मुद्दा दर्ता भएका छन् ।सुर्खेत प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न गाउँ गाउँमा पुगेर सचेतनामुलक कार्यक्रम गर्दै आएको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!