काँक्रेविहारमा महिलाको शव फेला

Posted on: 13 May, 2018

सुर्खेत, २९ बैशाख  ।सुर्खेतको काँक्रेविहार जंगलमा एक महिलाको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१० स्थित नयाँगाउँ नजिकको काँक्रेविहार जंगलमा दैलेख भगवतीमाइ गाउँपालिका–५ का धर्मशिला जैसीको शव फेला परेको हो ।

वीरेन्द्रनगर–९ स्थित भाडामा बस्दै आएकी जैसी जंगलमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । जैशीको मृत्यु बारे अहिल्यै केही भन्न नसकिने र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

उनको शव पोष्टमार्टमका लागि शव मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ राखिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!