प्युठान बस दुर्घटना: मृत्यु हुने ५ जना कै सनाखत

Posted on: 13 May, 2018

वैशाख ३० प्युठान | आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो | सो दुर्घटनामा परि ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । 

दुर्घट्नामा २५ जना घाईते भएका छन् । 

दुर्घटनामा प्युठान गौमुखी गाँउपालिका ३ का नेपाली सेनामा कार्यरत २५ बर्षीय हरिबहादुर मल्ल, प्युठान नगरपालिका २ का २६ बर्षीय सरिता शर्मा, प्युठान गौमुखी गाँउपालिका १ अर्खाकी १७ बर्षीया हिरा टमटा, कञ्चनपुर जिल्ला कृष्णनगर नगरपालिका २ की ३१ बर्षीय सरिता चन्द र कैलाली चौमालाका २६ बर्षीय चालक बीरबहादुर थारूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनाग्रस्त बस महेन्द्रनगरबाट प्युठानतर्फ जाँदै थियो । बस सडकबाट झण्डै एक सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।


   


यस बिषयमा तपाइको प्रतिक्रिया...!