कर्णाली राजमार्गमा जोडियो डोल्पाको जगदुल्ला

Posted on: 14 May, 2018

टेकबहादुर शाही/बैशाख ३१, डोल्पा | डोल्पाको जगदुल्ला गाउपालिकामा पहिलो पटक कर्णाली राजमार्गबाट जिप पुगेको छ ।


 जुम्लाको सिमानामा पर्ने जगदुल्ला गाउपालिकामा पहिलो पटक छिमेकी जिल्ला जुम्लाबाट जिप पुगे पछि स्थानीयहरुले खुसिहुदै स्वागत गरेका छन । 

साबिकको रिमी र काईगाउ गाविस मिलेर बनेको जगदुल्ला गाउपालिकामा कर्णाली राजमार्गमा जोडिने डोल्पाको पहिलो स्थानीयतह भएको जगदुल्ला गाउपालिकाका अध्यक्ष नारासिंह रोकायालेले बताए । उनले भने निकै ठुलो प्रयासबाट कर्णाली राजमार्गमा जगदुल्ला गाउपालिकालाइ जिप सञ्चालन गरेर जोडियो अबको केहि महिनामा साना मालबहाक गाडिहरु पनि सञ्चालनमा आउने छन । 


जुम्ला र डोल्पामो सिमानामा पर्ने मौरे लेखबाट त्रिपूरा सुन्दरी सम्मको ७२ किलोमिटर सड्क खण्ड हाल निर्माणाधिन अबस्थामा रहेको छ । करिव ४६ किलोमिटर सड्क निर्माण भइ सकेकोले जुम्लाबाट सिधै जिप जगदुल्ला गाउपालिकाको काईगाउ सम्म सञ्चालनमा ल्याएको निमित्त प्रमुख प्रशासकिय अधिकृत कमल बरुवालले बताए । उनले भने अब जगदुल्ला गाउपालिकाका जनताले निकै सुफत मुल्यमा दैनकि उपभोग्य बस्तूहरु उपभोग गर्न पाउनेछन । 

जुम्लाबाट बा १९ च १६६८ नम्बरको जिप पहिलो पटक जगदुल्ला गाउपालिकाका पुग्दा स्थानीयले स्वागत गरेका थिए भने पहिलो पटक जिप हेर्नेहरुको भिड लागेको स्थानीय हरिबहादुर शाहीले बताए । उनले भने नेपालगञ्जबाट लामो दुरिमा पर्ने भए पनि कर्णली राजमार्गमा जगदुल्ला गाउपालिका जोडिए पछि स्थानीयलाइ दैनिक उपभोग्य सामान त सुफत हुने नै भयो र यात्राको लागि पनि सहज हुने जानकारी दिए । 

देश संघियतामा गए संगै पाच बर्षमा सरकारले दिने बजेटबाट नमुना गाउपालिका बनाउने र जगदुल्ला गाउपालिकाका नागरिकले घरघरमा सरकार अर्थात गाउगाउमा सिँहदरबारको अनुभुति गराउने गाउपालिका अध्यक्ष नारासिंह रोकायाले दावी गरे । उनका अनुसार सरकारले बिकास गर अनि नागरिकलाइ सेवा प्रदान गर भनेकै कारण जनताको हित अनूरुप काम गर्ने बताए । 

जगदुल्ला गाउपालिकाका सबै वडामा सड्क दुइ महिनामा पुर्याउने र सञ्चार,शिक्षा,बिद्युत,यातायात लगायका सबै सेवाहरु प्रभाबकारि बनाउने अध्यक्ष रोकायाको प्रतिबद्धता छ । उनले भने आज जिप आउदा त जनता यति खसि छन भने सरकारले दिने सबै सेवा घरमा लिन पाए कति खुसि होलान नागरिकहरु त्यसैले डोल्पामा मात्रै होइन देशकै नमुना गाउपालिका बनाउछु ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!