रेसुङ्गा विमानस्थल परिक्षण उडान तयारीबारे अवलोकन

Posted on: 14 May, 2018

प्रेम सुनार | वैशाख ३१, गुल्मी | निर्माणधिन अवस्थामा रहेको गुल्मी स्थित रेसुङ्गा विमान स्थलमा परिक्षण उडान गर्ने अन्तिम चरणको तयारी वारे अवलोकन गर्न नेपाल नागरिक उडान प्राधिकरणको उच्च टोली आज सोमबार आएर अवलोकन गरेकोा छ ।

प्राधिकरणका महानिर्देशक संजिव गौतम, निर्देशक धु्रवदास भोसीमाया,  गौतम बुद्ध विमान स्थल भैरहवाका निर्देशक तेजराज पोखरेल, विमान स्थल आयोजना प्रमुख ओम शर्मा लगायतको टोली अवलोकन गर्न आएको हो । 

जेठको पहिलो साता परिक्षण उठान गर्ने चर्चा चलिरहेको बेला आएको टोलीले  ग्यावीङ्ग वाल लगातका संरचनाहरु  पुरा गर्न सुझाव दिएको  छ ।  अवलोकन टोलीको सुझाव पछि निर्माण समितिको बैठक वसेर  २० गते भित्रमा परिक्षण उडानको तयारी गर्ने जमर्को गरिएको समितिका अध्यक्ष मधुकृष्ण पन्तले बताए ।


उनका अनुसार  थप अन्तिम तयारीको अवलोकन गर्न  विमान परिक्षण उडान कम्पनीका पाईलट लगायको टोली आउने छ । १८ सिट भएको विमान दैनिक ३६ जना आवत जावत गर्ने यात्रु पुगे नियमित उठान हुने अध्यक्ष पन्तले बताए । २०५ किलो मिटर हवाई उडान करिव ४० ।  मिनेट भित्रमा काठमाण्डौ पुगिने र १ सय ९० मिटर हवाई उडान गरेर १५ मिनेट सम्ममा भेरहवामा पुगिने अनुमान अध्यक्ष पन्तले  गरेका छन ।

यथासिघ्र काम अगाडी बढाउन गुल्मीका दुवै संघिय सांसद तथा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले ताकेता गरेको र आवश्यक रकम विनियोजनमा पहल गरेको अध्यक्ष पन्तको भनाई छ । उनका अनुसार विमान स्थल निर्माणमा स्थानियलाई मुआव्ज सहित करिव १२ करोड खर्च भई सकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!