खोटाङ कांग्रेस नेताद्धय राईको शालिक बनाउने तयारीमा

Posted on: 15 May, 2018

चिसाङ सेर्पा/जेठ १, खोटाङ | नेपाली कांग्रेस क्षेत्र नम्बर दुईले कांग्रेस नेता मुगाधन राई र अटलशेर राईको संयुक्तरुपमा शालिक निर्माण गर्ने भएको छ । २००७ सालका आन्दोलनका योद्धा पुर्वाञ्चल मुक्ति सेनाका कमाण्डर तथा प्रजातन्त्र सेनानी मुगाधन र खोटाङ काग्रेसका पुर्व उपसभापति अटलशेरको स्मृतीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँमा आगामी असोजसम्ममा शालिक निर्माण गर्ने निर्णय गरेको हो । 

नेपाली कांग्रेस महासमिति सदस्य रवि प्रकाश राईको प्रमुख आतिथ्यता सोमबार र मंगलबार बसेको सर्बदलिय, सर्बपक्षिय बैठकले शालिक निर्माण गर्ने र सोही दिन अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता गराउने निर्णय भएको शालिक निर्माण मूल आयोजक समिति संयोजक तीर्थराज भट्टराईले जानकारी दिनुभयो । 

शालिक निर्माण मूल आयोजक समिति संयोजकका अलवा शहरमान राई, महन्त कुमार राई, महेन्द्र कुमार कट्वाल, खेम बहादुर खड्का, पन्च कुमार राई, बलराम राई लगायत गरी २७ सदस्यीय निर्माण समिति रहेको छ । 

शालिक निर्माण संयोजक भट्टराइकै संयोजकत्वमा खोटाङमा १३ सदस्यीय र काठमाण्डौमा शम्भु कार्कीको संयोजकत्वमा ७ सदस्यीय आर्थिक संकलन समिति गठन गरिएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति नरेश कुमार श्रेष्ठ, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति विष्णु कुमार राई, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, पुर्वसांसद सरस्वती वजिमय, महासमिति सदस्य सुवास कुमार पोखरेल लगायतका २१ जना सल्लाहाकार समिति गठन गरिएको शालिक निर्माण मूल आयोजक समिति संयोजक भट्टराईले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!