वेपत्ता विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला, चालक दल दुवैको मृत्यु

Posted on: 16 May, 2018

जेठ २, काठमाडौं । मकालु एयरको वेपत्ता विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको बताइएको छ । पहिला क्याप्टेनको शव फेला परेको थियो भने को-पाइलटको शव भने घटनास्थलबाट केही पर फेला परेको थियो ।

उक्त विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्क (उचाई: १२ हजार ८०० फिट उचाईँ) मा तीन टुक्रा भएको अवस्थामा भेटिएको छ । उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेको छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार अहिले उक्त ठाउँमा अर्को हेलिकोप्टर पुगिसकेको छ  । 

फाइल तश्विर: दुर्घटनाभएको भनिएको खार्पुनाथको हो, बिमान दुर्घटनाको तश्वीरहरु सार्वजनिक भएको छैन |

नाइन एन ए जे यु कलसाइन रहेको विमानमा चालक किरण भट्टराई, सहचालक आदित्य नेपालीले उडाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ । विमान ११ सय ७० किलो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो । विमान यसअघि बाजुरामा भेटिएको अपुष्ट खबर आएको थियो ।

विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । यो कार्गो जहाज हो । तर यो जहाजले चार्टर्ड गरेर मध्य र सुदुरपश्चिमका हिमाली जिल्लामा यात्रु ओसार्ने काम पनि गर्ने गर्थ्यो । 

यसअघि, सन् २०१६ मा पनि मकालु एयरको विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!