यसरी फालियो बैतडीको सदरमुकाममा फोहोर

Posted on: 16 May, 2018

नरी बडु/जेठ २, बैतडी | भनिन्छ समाज सुधार्नमा समाजका हरेक व्यक्तिको भुमिका महत्वपुर्ण हुन्छ । तर समाजका केहि व्यक्तिहरुले आफ्नो जिम्मेवारी बहन नगर्दा सर्वसाधरणले विभिन्न समस्याहरुले झेल्नुपर्ने हुन्छ। यस्तै भएको छ बैतडीमा । 


बुधबार बिहान नगरपालिकाले ट्याक्टर नपठाएको भन्दै गोठालापनी बजारका व्यपारीहरुले सडकमै फोहर फाल्दा सर्वसाधारणलाई समस्या मात्रै भएन् । बैतडी सदरमुकाम आउने पाहुना समेत अचम्ममा परे । बुधबार बिहान बैतडी जिल्लाको सदरमुकाम गोठलापानी फोहरै फोहरले भरिएको थियो । 

त्यो अरु कसैले होईन यहाँका व्यपापारिहरुले नै फालेको फोहोर हो ।  बजारलाई सुन्दर, सफासुग्घर र पर्यटकको आँखामा भिज्ने किसिमको बनाउन बजार व्यवस्थापन समिति, व्यापारीहरु र सम्बन्धित नगरपालिकाको भुमिका उतिक्कै हुन्छ । तर यहाँ यस्तो भएन् । दुई दिनसम्म नगरपालिकाले फोहर नउठाएको झोकमा स्थानीय व्यापारीहरुले मिलेर सम्बन्धित निकायलाई जानकारीनै नगराई गोठलापानी चौराहा र बिच सडकमै फोहर मिल्काई दिए । यस्ले बजारको गरिमालाई समते प्रभाव पारेको बजार व्यवस्थापन समितिका पुर्व अध्यक्ष दिपेस शाहाको भनाई छ । फोहरलाई व्यापारी र सम्बन्धित नगरपालिका दुबैले मिलेर व्यवस्थापन गर्नुपर्ने ठाँउमा दशरथचन्द नगरपालिका र व्यापारीहरुले आफ्नो जिम्मेवारी बहन नगरेको उहाँको भनाई छ । 

बिहानै सडकमा मिल्काईएको जथाभावि फोहरले स्थानीय सर्वसाधारण निकै समस्यामा परेका थिए । यस्मा सम्बन्धित नगरपालिका र बजार व्यवस्थापन समिति जिम्मेवार बन्नुपर्ने समुराई होटलका म्यानेजर हरिस जोशीको भनाई छ । दशरथचन्द नगरपालिकाको फोहर उठाउने टिप्पर बिग्रिएकाले भाडामा ट्याक्टर लिएर फोहर उठाउने काम गरेको भएपनि व्यपारिहरुले गैरजिम्मेवारपन देखाएको दशरथचन्द नगरपालिकाले जनाएको छ । नगरपालिकाले स्थानीय व्यापारी र बजार व्यवस्थापन समितिलाई जानाजान बजरमा फोहर फालेको आरोप लगाएको छ । 

सम्बन्धित नगरपालिकालाई जानकारी नगराईकन यसरी बिच सडकमा फोहर मिल्काउनु व्यपारीहरुको गैरजिम्मेवारीपन भएको दशरथचन्द नगरपालिकाका मेयर नेरेन्द्र थापाको भनाई छ । “आफ्नो समस्याको बारेमा नगरपालिकालाई जानकारी नगराईकनै सिधै सडकमा फोहर फालिदिए” थापाले भने । नगरपालिकासंगको प्रतिसोध साध्न व्यपारिहरुले गरेको यस्तो काम घृणीत भएको सदरमुकाम स्थित कामका लागि आएका एक व्यक्ति डम्बर विष्टको भनाई छ । बैतडीका व्यापारीहरुसंग बाहिरबाट आएका व्यक्तिहरुलाई कसरी स्वागत सत्कार गर्ने र कसरी आफ्नो व्यापार प्रवर्धन गर्ने भन्ने सैली नभएको उनको गुनासो छ । 

“धन्न बिकेन्द्रिकरण हुनाले हामीले अहिले धेरै यहाँ आउनु परेको छैन् । यहाँका व्यापारीहरुको धुव्यवहार धेरै पटक सहिसके” । छोराको नागरिकता बनाउन पञ्चेश्वर गाँउपालिकाबाट सदरमुकाम आएका एक व्यक्ति जगेन्द्र चन्दको भने । तर व्यापारीहरुले भने नगरपालिकाले फोहर उठाउन लापर्वाही गरेकाले फोहर सडकमा फालिएको प्रतिक्रिया दिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!