गुल्मीमा शिक्षिकाले विद्यार्थीको दाँत नै झर्ने गरी कुटिन

Posted on: 18 May, 2018

प्रेम सुनार/जेठ–४ गुल्मी। गुल्मीमा शिक्षिकाको कुटाईबाट एक बालक घाइते भएका छन् ।


जिल्लाको सदरमुकाम तम्घास स्थित रेसुङ्गा माध्यमिक बिद्यालय कक्षा ५ मा पढने अनमोल जिसी शिक्षिकाको कुटाईबाट घाइते भएका हुन् ।

बिद्यालयमा पढ्न स्कुल गएका बिद्यार्थी जिसीलाई शिक्षिका रमा पाण्डेयले कुटने क्रममा दाँत भाँचिएको छ । बालक स्कुलबाट साँझ घरमा आएर अभिभावकलाई शिक्षिकाकाले कुटेर दाँत भाँचिएको बताएपछी घटना खुलेको हो ।

शिक्षिकाको कुटाईबाट घाइते बालकको तम्घासमा उपचार भइरहेको छ । कक्षा बिद्यार्थीहरुले हल्ला गरेको भन्दै बिद्यार्थीहरुलाई लठ्ठीले हान्ने क्रममा उनको दाँतमा लागेर भाचिएको बालकले बताएका छन् । बिद्यालयबाट बालक रुदै आएर बुझने क्रममा शिक्षिकाले हानेर दात भाँचिएको बताएको वालकी अभिभावक मिना जिसीले बताइन् ।

शिक्षिकाको कुटाईबाट बालक घाइते भन्ने सम्बन्धमा बिद्यालयका प्रधानाध्यापक प्रेम भण्डारीले शिक्षिकाबाट केहि गल्ती भएको बताएका छन् । उनले घटना थाहा पाउन साथ शिक्षिका संग बुझने क्रममा केहि गल्ती भएको स्वीकारेका हुन । 

प्रधानाध्यापक भण्डारीले शिक्षिकाको कुटाईबाट घाइते बालकको तत्कालै उपचार गर्न अभिभावकलाई आग्रह गरेको र बाँकी अन्य बिषयमा पछी छलफल गर्ने बताए । सोहि बिद्यालयमै केहि वर्ष पहिले शिक्षकको कुटाईबाट एक जना बिद्यार्थीको कानको जाली फुटाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!