कांग्रेसका ७७ जिल्ला सभापतिहरुको भेला हेटौंडामा हुने

Posted on: 20 May, 2018

जेष्ठ ६ मकवानपुर | नेपाली कांग्रेसको ७७ जिल्लाका सभापतिहरुको भेला हेटौंडामा गर्ने भएको छ ।

तीन नं प्रदेशको राजधानी हेटौंडामा भेला गर्न लागिएको नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले बताउनुभयो । 

जिल्ला कार्यसमिति सभापतिहरूको राष्ट्रिय भेला असारमा हुने भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले असार २, ३ र ४ गते प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा भेला गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

यो भेलालाई ऐतीहासिक तरिकाले गर्ने गरी तयारी गरिएको बाँनियाले बताउनुभयो । यसअघि केन्द्रीय कार्यसमिति बैठकले भने जेठभित्रै भेला बोलाउने निर्णय गरेको थियो । जेठ १५ गते बजेट आउने र त्यसमाथि संसदमा हुने छलफलमा सांसद व्यस्त हुनुपर्ने भएकाले असार पहिलो साताका लागि भेला बोलाइएको निधिले बताउनुभयो । उहाँका अनुसार सभापतिहरूको भेलापछि महासमिति भेला मिति तोक्ने तयारी पनि भइरहेको छ । महासमिति बैठक भदौ महिनाभित्र गर्ने निर्णय भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!