लागूऔषधसहित झापा र मोरङबाट ४ जना पक्राउ

Posted on: 20 May, 2018

जेठ ६ विराटनगर | लागूऔषधसहित झापा र मोरङबाट ४ जना पक्राउ परेका छन्।

झापाको मेचीनगर नगरपालिका–६ बाट ब्राउनसुगरसहित वडा नम्बर ३ बाहुनडाँगीका २५ वर्षीय रावल रायमाझी र २३ वर्षीय अनिल दनुवार पक्राउ परेका छन्। उनीहरुको साथबाट ४ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

भारतीय बजार पानीटंकीबाट मे५प ८६६ नम्बरको स्कुटरमा नेपाल छिरेका दुवैलाई लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोलीले मेचीनगर नगरपालिका–६ स्थित भन्सार कार्यालय नजिकैबाट पक्राउ गरेको थियो। दुवैलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका–४, निमुवाबाट लागूऔषधसहित मकवानपुरको हेटौंडा–४ का दिपेश श्रेष्ठ र सुनसरीको धरान–११ का उमेश भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।

कोशी राजमार्गअन्तर्गत मोरङको निमुवामा सवारी चेकजाँच गर्ने क्रममा टिडिजेसिक, एभिल, डाइजेल्याब, लुपिजेसिक लगायतका लागूऔषध बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!