सल्यानमा यात्रुबहाक बस दुर्घटना: ४० जना घाइते, १ गम्भीर

Posted on: 20 May, 2018

जेठ ६, काठमाडौं । सल्यानको सल्ली बजार नजिकै आज यात्रुबहाक बस दुर्घटना भएको छ | 

उक्त दुर्घटनामा परि  ४०  जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ।

रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बस दुर्घटना हुँदा सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको देखिएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!