सगरमाथा आरोहीको शेर्पाको मृत्यु

Posted on: 22 May, 2018

जेठ ८ काठमाडौँ | सगरमाथा आरोहण गरी फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको मृत्यु भएको छ । 

खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको गए राति मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीका अनुसार आधार शिविर– २ को खुम्बु आइसफलमा लडेर घाइते हुनुभएका शेर्पाको तत्काल उपचारका लागि सोही गाउँपालिका– ५ स्थित माउण्टेन मेडिकलमा लगिएको र उपचारका क्रममा मृत्यु भएको थियो । 

शेर्पा हिमालयन एशोसिएसन कम्पनीबाट सगरमाथा आरोहणमा जानुभएको थियो । यसअघि सगरमाथा आरोहणकै क्रममा दुई विदेशीको मृत्यु भएको थियो । शिविर ३ पुगेर फर्कने क्रममा गत आइतबार राति ३६ वर्षीय जापानी नोबुकाजु कुरीकी र ६२ वर्षीय मेसोडोनियाली जेओर्जी पेटकोभको सगरमाथाको शिविर ३ माथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । सगरमाथा आरोहणको नवौँ दिन सोमबारसम्म ३१६ भन्दा बढी आरोही चुचुरामा पुगेका थिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!