सल्यानको बनगाडमा एक भरुवा बन्दुक फेला

Posted on: 23 May, 2018

जेष्ठ ९ सल्यान। बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलको खहरेखोला जङ्गलमा एक भरुवा बन्दुक फेला परेको छ । 

ईलाका वन कार्यालय सल्लीबजारको टोलि राष्ट्रिय वनलाई सामुदायिक वन बनाउनको लागि त्यसतर्फ सर्वे गर्न गएको बेला वेवारिसे अवस्थामा जङ्गलमा फालेको भरुवा बन्दुक देखीएको ईलाका वन कार्यालय सल्लीबजारका अधिकृत दिपकराज प्रकाश जङ्ग शाहिले जानकारी दिनु भएको छ । 

आज बिहान ७ बजेतिर देख्न साथ ईलाका प्रहरी कार्यालय सल्लीबजारमा खबर गरेर त्यस तर्फ प्रहरी पुगेर खोज अनुसन्धान गर्दा बेवारिसे अवस्थामा जङ्गलमा फालेको देखिएको र अहिले भरुवा बन्दुक ईलाका प्रहरी कार्यालयमा राखिएको ईलाका प्रहरी कार्यालयका हवल्दार गोविन्द ढकालले जानकारी दिनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!