जिल्ला अस्पतालका विरामीलाई सुपरनेट झुल

Posted on: 25 May, 2018

अर्घाखाँची ११ जेठ। अर्घाखाँची जिल्ला अस्पतालका विरामीहरुको लागि रेडक्रस अर्घाखाँचीले झुल तथा कम्मल हस्तान्तरण गरेको छ । 

भर्ना भएका विरामीहरुलाई लक्षित गरि १५ थान सुपर नेट झुल र १० थान कम्मल रेडक्रस अर्घाखाँची शाखाका प्रमुख शम्भु पोख्रेलले जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीलाइ हस्तान्तरण गर्नु भएको हो । 

गर्मीको समयमा अस्पतालमा भर्ना भएका विरामीहरुलाइ लामखुट्टेबाट बचाउन झुल  र विरामीको सुविधाको लागि कम्मल प्रदान गरिएको रेडक्रसका सभापति पोख्रेलले बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!