पोखरामा सार्बजनिक स्थलमा बसेर धुम्रपान गर्ने धमाधम पक्राउ

Posted on: 25 May, 2018

कमल सुबेदी | जेठ  ११, पोखरा | पोखरा लेखनाथ आसपासका सार्बजनिक ठाउँहरुमा बसेर धुम्रपान गर्दै हुनुहुन्छ ,होसीयार प्रहरीको फन्दामा पर्नुहोला । जिल्ला प्रहरी कार्यालय कास्कीले  पोखरामा केहि दिन देखी सार्वजनिक ठाउँमा बसेर चुरोट तान्नेलाई  धमाधम कारबाही गरेको छ ।  पोखाराको रामबजारबाट १२ जना र लेकसाइडबाट २ जना र  गरी १४ जनालाई सार्वजनिक स्थलमा चुरोट तानेको अवस्थामा प्रहरीले पक्राउ गरी कारबाही गरेको  हो । 


पक्राउ उनीहरुलाई  एक एक सय रुपैया जरिवाना गरेर छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम बहादुर रानाले जानाकारी दिए । सार्वजनिक ठाउँहरुमा बसेर धुम्रपान गर्ने कसैलाइ नछोड्ने रानाले बताए । सभ्य समाज निर्माण गर्न सबै मिलेर अगाडी बढ्नुपर्ने बताउदै रानाले  जुवा, तास, गुन्डागर्दी पहिलो निसानामा पर्ने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!