रायमाझी विरुद्ध वलात्कार मुद्धा दर्ता

Posted on: 28 May, 2018

प्रेम सुनार/जेठ–१४ गुल्मी। झण्डै एक महिना अघि गुल्मीको भुवाचिदी वजारमा गरियो भनिएको वलात्कार  मुद्धा आईतवार दर्ता गरी आज सोमवार म्याद थप गरिएको छ । बैशाख २२ गते शनिवारका दिन मुसिकोट नगरपालिका वडा नम्वर ४ की  २१ बर्षिया एक विवाहित महिलालाई वलात्कार गरेको आरोपमा  साविकको कुर्घा गाविस वडा नम्वर ५ भुवाचिदी बजारका ३५ वर्षिय किशान भन्ने जिवन रायमाझी विरुद्ध उक्त मुद्धा दायर गरिएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुरनगकुमार द्धिविधीले यस्तो जानकारी दिएका हुन् । हिजो देखि प्रहरी हिरासतमा रहेका रायमाझी भने वलात्कार अभियोग  स्वीकार नगरेको श्रोतले बताएको छ । ति महिलाले उक्त दिन विहान करिव साढे दश बजेको समयमा पसलको गोदामा लगेर मुख थुन्दै गर्भ निरोधक साधन प्रयोग गरी वलात्कार गरेको र त्यस पछि सय रुपैयाँ नगद र सर–समान दिई पठाएको बताएकी छन् ।

अस्थाई साधन प्रयोग गरेकोले गर्भ  रहँदैन भन्ने ठानेर आफुले सो कुरा कसै संग भन्न नचाहेको तर पछि जेठी पट्टिकी छोरीले वावु संग ति पसले संग आमा केहि वेर भित्र वसेको बताए पछि उक्त कुरा आफुले खोलेको उनको भनाई छ ।

उनि पाल्पा माईती घर भई  विवाहित पुरुषले  छाडे पछि पाँच महिना अघि गुल्मीका एक श्रीमतिको मृत्यु भएका ४२ वर्षिय पुरुष संग दोश्रो विवाह गरी आएकी थिईन । उनले पाल्पामा माग्दै हिड्ने गरेको र गुल्मीमा पनि माग्दै हिड्ने क्रममा ५ हजार रुपैयाँ उठाई सकेको बताईन ।

उनलाई उनको माईती घर पाल्पाको साविकको पालुङ्ग मैनादीका वडाध्यक्ष निलबहादुर राजकोटीले तानसेनको पुनास्थापना केन्द्रलाई सहयोगको सिफारिस सम्वन्धि पत्र दिएका छन् । त्यसलाई देखाउँदै उनले सहयोग माग्दै हिड्ने गरेकी हुन् । उक्त पत्रमा उनको मानसिक अवस्था समेत विग्रेको उल्लेख छ ।

के मेरो श्रीमानको तस्वीरले  वलात्कार गर्यो ?

यसै विच अन्य  रिस ईवीका कारण आफ्ना श्रीमानलाई फसाईएको भन्दै आरोपित रामयमाझीकी श्रीमति तारा रायमाझीले आक्रोष लिएर सदरमुकाम आएकी छन् ।  ‘उहाँ र म बैशाख २१ गते शुक्रवारका दिन मेरो माईती ईन्द्रगौडा गएका थियौं। अर्को दिन साँझको खान समेत खाएर हामी बुढाबुढी र छोरी संगै घर फर्किएका हौं’– आक्रोषित मुद्रामा उनले भनिन–‘  यस्तै गरी हामी महिलाहरुले आरोप लगाउँदै र प्रहरीले पत्यााउँदै जानेहो भने अव अरु धेरै पुरुषहरु फस्ने छन्  ख्याल  गरौं ।’  

उनले भनिन् –‘ हिड्नु होस मेरो गाउँमा बुझन् । 

त्यस दिन हामी कहाँ थियौं ।  त्यस दिन दिनैभर हाम्रो पसल बन्द भएको नदेख्ने को छ ? ति महिलाले वलात्कार ग¥यो भनिएको राशन गोदाम कहाँ छ ?  ति महिलालाई बोकेर हिडेकी एक महिलाले गोदामको फोटा खिचेकी छन भन्ने पनि सुनेकी छु ।

जुन गोदाम अर्कैको खिचिएको छ ।  शुक्रवारको दिन हामी भुवाचिदी कै घिमिरे होटलका  साहुजीको गाडी चढेर गएका थियौ । अर्को दिन कति वजे फर्केका थियौं भन्ने कुरा पनि डाईभर संग बुझ्दा हुन्छ । 

मेरा साथमा मेरो श्रीमान नभएको भए  र यस्तो आरोप लगाईको भए मैले यदि  ठहर हुन्छ भने जेलको सजाय मात्र होईन फाँसीको सजाएँ देउ भनेर आफै माग गर्थे ।  जुन दिन वलात्कारको आरोप लगाईएको छ त्यस दिन हामी संगै छौ त के उनलाई वलात्कार मेरो श्रीमानको तस्वीरले वा भुतले ग¥यो  ? ’

उनले थपिन–‘ ७ वर्ष भयो हाम्रो विवाह भएको ।  

कुनै दिन मेरो श्रीमान प्रति शंका गर्ने  ठाउँ रहेन । दुई सन्तान सहित सुखी दाम्पत्य जिवनमा आगो लगाउने काम भएको छ ।  उनको आरोप छ –‘ अर्की एक  महिलाले वलात्कृत भनिएकी महिलालाई प्रयोग गरी रहेकी छन् ।

सहयोग मागरे हिड्दै गरेकी उनलाई केहि रकमले पनि प्रलोभित पार्नु  स्वभाविक हुन आउँछ म उनलाई भेट्न चाहन्छु  । कसैले प्रलोभित पारेको भए त्यसले पोल्ने छ उनलाई म सम्झाउन चाहन्छु ।  केहि दिन अघि स्थानियको पैसा नतिरेको भन्दै ति महिला विरुद्ध प्रहरीमा उजुरी हालिएको थियो ९५ हजारको तमसुक बनाईएको थियो । त्यसमा जिवन रायमाझीले पनि अगुवाई गरेका थिए । त्यसको रिस ईवीबाट मेरो श्रीमानलाई फसाउने षडयन्त्र हो, जुन धेरै दिन टिक्ने छैन ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!