महिनावारी : सीमाहरु तोडिँदै ! (भिडियो)

Posted on: 28 May, 2018

प्रभात सुवेदी । जेठ १४, बर्दिया ।

महिनावारीबारे समाजमा अझै पनि विभिन्न धारणहरु पाइन्छन् । यसलाई हेर्ने दृष्टिकोण अझै पनि नकारात्मक भएको पाइन्छ । कहिँ कतै त यसलाई त विकराल सामाजिक समस्याका रुपमा हेरेको पाइन्छ । तर, अहिलेको समयका किशोरीहरुमा सचेतना आएका कारण पुरातन रुढीवादी सोचलाई अनुसरण गर्न छाडिरहेको पाइन्छ ।

 

यसै सन्दर्भमा आज मात्रै गुलरियामा पाचौँ विश्व महिनावारी स्वच्छता दिवस मनाइएको छ । २१ मे देखि ३१ मे सम्म दश दिन मनाउन लागिएको यो दिवसको मूल नारा “अति भयो महिनावारीका, सबै सीमा तोडौ” भन्ने मूल नाराका साथ मनाउन लागिएको हो ।

हेर्नुहोस् भिडियो .. अाम सचेतनाका लागि सेयर पनि गरिदिनुहोला । 


बाँकी समाचार ....

जिल्लास्थित विभिन्न आधा दर्जन बढी संघ संस्थाहरुको सहयोग र जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बर्दियाको आयोजनामा बिहान बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरियाबाट शुरु भएको र्यालीले विभिन्न जनचेतनामूलक नाराहरु लगाउँदै नगर परिक्रमा गरेको थियो ।


नगर परिक्रमा पछि विद्यालयमा नै आयोजना गरिएको कोण सभामा बोल्नुहुँदै कार्यक्रमका सभाध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष शंकर प्रसाद थारुले महिनावारीका सन्दर्भमा समाजमा रहको नकारात्मक धारणाहरु हटाउनु पर्ने बताउनुहुँदै यहि प्राकृतिक प्रकृयाबाट नै मानव सृष्टी संभव भएको र हामी यस धर्तीमा आउन पाएको बताउनुभयो । यसैगरी विद्यालयका प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाले विद्यालयमा पूर्ण रुपमा व्यवस्थापन गर्न नसकिएपनि न्यूनतम महिनावारीमैत्री शौचालय व्यवस्थापन गरिएको बताउनुहुँदै आफ्नो व्यक्तिगत स्वास्थ्यका लागि आफै सजग रहनका लागि बालबालिकाहरुलाई अनुरोध गर्नुभएको थियो ।


कार्यक्रममा आयोजकका तर्फबाट विद्यालयको बाल क्लबलाई सरसफाईका सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!