डोटीमा जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु

Posted on: 29 May, 2018

जेठ १५, डडेल्धुरा | डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नं को जीप दुर्घटना हँुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । 

गन्यापधुरा गाउँपालिकाको गजरौलामा जीप दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो । 

घटनाको थप विवरण आउन बाँकी छ । आज बिहान करीब ८ बजे उक्त जीप धनगढीका लागि छुटेको थियो । जीपमा कति जना सवार थिए भन्ने यकीन छ्रैन । उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक जोशीको नेतृत्वमा प्रहरी गइरहेको जनाइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!