विदेशमा ज्यान गुमाएको भाईको शव लिएर फर्कदै गर्दा दाजु आफैँ दुर्घटनामा परेपछि...

Posted on: 29 May, 2018

 जेठ १५ पाँचथर | पाँचथरमा पिकअपबाट खसेर एक जनाको ज्यान गएको छ ।

मलेसियामा ज्यान गुमाएका भाईको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सवेहाङको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । 

 पाँचथरको हिलिहाङ–७, टारी भन्ने ठाँउमा पुग्दा पिकअपबाट खसेर घाइते भएका सवेहाङलाई उपचारको लागि पाँचथर अस्पतालमा ल्याउंदै गर्दा बाटोमै ज्यान गएको हो । 

उकालो बाटोमा पिकअपको पछाडि भागमा भाइको शवसँगै वसेको उनको गाडीको गियर परिवर्तन गर्दा खसेको बताइएको छ । दुई वर्षअघि काम गर्न मलेसिया पुगेका भाई देवीप्रसादको मलेसियामा एक साताअघि गाडी दुर्घटनाबाटै ज्यान गएको बताइएको छ ।

घटनापछि गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जानकारी दिएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!