इलाममा आफुले ढालेको रुखले आफैलाई किचेपछि...

Posted on: 30 May, 2018

जेठ १६ इलाम | रुखले किचेर इलाममा मंगलबार एक व्यक्तिको ज्यान गएको छ । 

दाउराका लागि रुख काट्ने क्रममा माई नगरपालिका–९, बोरुङका ५३ वर्षीय जंग देवानको मृत्यु भएको हो । घर नजिकैको जंगलमा दाउरा काट्ने क्रममा आफैँले ढालेको रुख आफैँतिर ढल्दा देवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । देवानको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । 

रुखले थिचेर मृत्यु भएको अवस्थामा आफन्तले देवानलाई फेला पारेका थिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!