घरमा रक्सी पार्नुहुन्छ ? त्यसो भए कुश्मा नगरपालिकामा आउनुस्

Posted on: 30 May, 2018

जेठ १६ पर्वत। कुश्मा नगरपालिकाले घरेलु मदिरा बनाउनेहरुको लागि खुसिको सन्देश ल्याएको छ । 

अब स्थानीय रुपमा घरेलु मदिरा उत्पादन गर्नेहरुलाइ कानूनी रुपमानै लाइसेन्स दिएर मदिरा उत्पादन गर्न अनुमति दिने योजना बनाएको छ ।

घरेलु मदिराको नियन्त्रणमा लागेको प्रहरीको लागि भने यो दुखद खबर हो । 

बजारमा ब्राण्डका रक्सीहरुको विक्रिवितरणमा रोकछेक नहुने तर घरेलु मदिराको विक्रिवितरणमा रकेछेक हुने गर्दा धेरैको आर्थिक अबस्था कमजोर भएको र रोजगारको अर्को बाटो नभएकाहरु मारमा पर्ने भएपछि नगरपालिकाले यस्तो योजना ल्याएको हो ।

स्थानीय उत्पादनलाइ बढवा दिने तर नगरपालिकाबाट अनुमति लिएर मात्रै गर्नको लागि नगरपालिकाले अनुरोध गरेको हो । 

नगरपालिकामा दर्ता गरी लाइसेन्स लिएर रक्सी बनाउनेहरुको लागि भने नगरपालिकाले सहयोग गर्ने अन्यथा जपथ गर्ने बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!