बलात्कृत भनिएको महिलालाई ३ महिनासम्म बाधेर राखेको खुलासा, यस्तो छ घटनाक्रम

Posted on: 30 May, 2018

प्रेम सुनार/जेठ १६ गुल्मी। हालै गुल्मीमा बलात्कृत भए भन्दै जवरजस्ती करणीको मुद्धा दाएर गरेकी गुल्मीकी एक महिलालाई ३ महिना सम्म घरमा बाधेर राखेको कुरा खुलासा भएको छ ।


आज बुधवार उक्त बलात्कृतको मुद्धामा जिल्ला प्रहरी कार्यालय पेसिमा आएकी ति महिलाले भनिन “मलाई मेरो श्रीमानले ३ महिना देखी बाधेर राख्दै आउनु भएको थियो । यहि जेठ महिनामा मात्र मलाई अलि सञ्चो भएर खोलिएको हो । म बाधेर नराख्यो कि भाग्ने, चक्कर लागेर ढल्ने भएको कारणले गर्दा उहाँले मलाई बाधेर राख्नु हुन्थ्यो ।”

उनका श्रीमान ले भने “दैनिक मजदुरीमा जाने र त्यतिकै खुल्ला राख्दा भाग्ने र चक्कर लागेर ढल्ने भएकोले उनको सुरक्षाको लागि मैले बाधेर राख्ने गर्थे र खाना खाने बेला पनि सधै नफुकाई खाना खुवाउथे । ”

उनि ५ महिना अघि मात्र पाल्पाको एक अस्पतालबाट दोस्रो विवाह गरि गुल्मीका ति पुरुषसंग आएकी हुन । उनलाई उनका पुर्व श्रीमानले आफु अस्पताल भर्ना भएका बेला छाडेर भागे पछि अलपत्र परेकि थिईन । यता गुल्मीबाट गएका ति पुरुषको श्रीमतिको २ वर्ष अघि मृत्यु भएको र उनका छोराछोरी स्याहार सुसार गर्ने कोही नभएकाले विवाह गरौ भन्ने प्रस्ताव गरेकोले उनि दोस्रो विवाह गरी गुल्मि आएकी हुन ।

उनको आर्थिक स्थिती कमजोर रहेको छ । उनको माईतिघरको झुपडि समेत गाउँबाट चन्दा उठाएर बनाईएको हो । घरमा गरिदिने कोहि नभएको र उनी बिरामी समेत भएको हुदाँ उनको माईति घरको वडाले सिफारिस पत्र बनाईदिएको हो । उनको माईतिघरको वडाले दिएको सिफारिस पत्रमा मानसिक अवस्था समेत बिग्रिएको उल्लेख रहेको छ । उनले विवाह गरी आए देखि चक्कर लागेर ढल्ने र भाग्ने गरेपछि बाधेर राख्ने गरेको बताएकी छिन । उनले आज जिल्ला प्रहरी कार्यालय पेसिमा आउने बेला उक्त कुरा बताएकी हुन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!