जीपबाट खसेर बालकको मृत्यु

Posted on: 30 May, 2018

जेठ १६, सुर्खेत । दैलेखमा जीपबाट खसेर एक बालकको मृत्यु भएको छ । सुर्खेतदेखि दैलेखको गुराँस गाउँपालिकाको पातिहाल्नाका लागि छुटेको जीपबाट खसेर दुई वर्षिया बालकको मृत्यु भएको हो ।


गुराँस गाउँपालिकाको रानिमत्ता प्रहरी चेकपोष्ट नजिकै भे १ ज ५४५ नम्बरको जीपबाट खसेर सुर्खेतको बराहताल–५ का पुस्कर घर्ती मगरको मृत्यु भएको रानिमत्ता प्रहरी चेकपोष्टले जानकारी दिएको छ । प्रत्यक्षदर्शी मदन विकका अनुसार जीपको ढोकाबाट खसेर बालकको मृत्यु भएको हो । प्रहरी चेक पोष्ट नजिकै जीपबाट खसेर बालकको मृत्यु हुनु सवारी चेकजाँचमा लापरवाही भएको आफन्तको आरोप छ । जीपबाट खसेर घटनास्थलमै मृत्यु भएका बालकलाई पोष्टमार्टमका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!