जङ्गली च्याउ खाँदा मोरङमा एकै परिवारका ३ बिरामी, १ को अवस्था गम्भीर

Posted on: 31 May, 2018

जेठ १७ विराटनगर | मोरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । 

लेटाङ नगरपालिका–६, लाखबारीका ६५ वर्षीय रेशम मगर, उहाँकी पत्नी ६० वर्षीया कृष्णकुमारी र बुहारी ३० वर्षीया सुकमाया बिरामी परेको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । तीनै जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये बुहारी सुकमायाको अवस्था गम्भीर रहेको बताइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!