अर्घाखाँचीमा जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न

Posted on: 01 Jun, 2018

जेष्ठ १८, अर्घाखाँची | नेपाल रेडक्रस सोसाइटी जुनियर रेडक्रस समितिको आयोजनामा नुवाकोट माविको चिदिचौरमा ३ दिने जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न भएको छ । 

गोष्ठीका संयोजक कमलप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीका सभापती शम्भु पोखरेलले कार्यक्रमले विद्यार्थीहरूलाई जीवन उपयोगी शिक्षा सिकाएको भन्दै कार्यक्रम सफलतामा पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । गोष्टि समापनमा शिक्षक नायकको तर्फबाट शिवमदन मावी सतीनेटाकि शिक्षिका सीता बन्जाडे,  नुवाकोट माविका प्रधानाध्यापक पानबहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम पौडेल, पत्रकार महासंघका अध्यक्ष हिम लेकालीले कार्यक्रमको प्रभावका बारेमा चर्चा गर्दै आफूहरू रेडक्रसको सहयोगको निम्ति सदा तत्पर रहेको बताउनुभयो । 

जिल्लामा रहेका मावी र आधारभूत विद्यालयका ३४ विद्यालयको सहभागिता रहेको गोष्ठीमा विद्यार्थी, शिक्षक नायक, आयोजक गरि १५० भन्दा बढीको सहभागिता रहेको जनाइएको छ । कार्यक्रमको सहजीकरण रेडक्रसका सभापती शम्भु पोख्रेल, उपसभापति कमल घिमिरे, कैलाश कुमार श्रेष्ठ, सदस्य कुशल भुसाल लगायतले गर्नुभएको थियो । गोष्ठीले नुवाकोट १० बूदे घोषणापत्र जारी गर्दै रेडक्रसले गर्नुपर्ने कामको बारे आफूहरू प्रतिवद्ध हुने बताइएको छ । गोष्ठीमा सहभागीहरूलाई प्रमाणपत्र र अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । उक्त कार्यक्रमको सन्चालन नुवाकोट माविका जु. रे. स. शिक्षक नायक काशिराम गैरेले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!