पाल्पा बस दुर्घटनामा ज्यान गुमाउने मध्ये ११ को सनाखत (नामावलीसहित)

Posted on: 01 Jun, 2018

जेठ १८ पाल्पा | पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना भएको छ | 

सो दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन्  भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् ।

प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नं को बस हुमिनमा दुर्घटना भएको हो । 

लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनको अध्ययन अवलोकन भ्रमणमा निस्केको सहकारी टोली चढेको बस सडकबाट करीब १५० मिटर तल खसेको प्रउ पन्तले जानकारी दिनुभयो । बसमा २७ जना सवार थिए । घाइतेमध्ये १० जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । 

१२ मृतक मध्ये ११ जनाको सनाखत भएको छ । 

सनाखत हुनेहरुमा  विष्णुमान बज्राचार्य, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, सुशील प्रसाद श्रेष्ठ, कृष्णबहादुर बोहरा, दुर्गाबहादुर सारु, लोकनाथ ढकाल, बसन्ती खाँड, गीता बुढाथोकी, संकेत बज्राचार्य रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!