सिपमुलक तालिमबाट रोजगारीको अवसर सृजना हुने

Posted on: 01 Jun, 2018

शंकर के सी/जेठ १८, सल्यान। सिपमुलक तालिमबाट युवाहरुलाइ रोजगारीको अवसर सृजना हुने भएकाले यसतर्फ स्थानीय सहभागीहरुले जोड दिएका छन् । वक्ताहरुले नेपाल भित्रै विभिन्न रोजगारीको अवसरहरु रहेपनि विदेशीनै पर्छ भन्ने मानसिकतालाइ त्याग्नुपर्ने कुरा पनि औँल्याएका छन् ।


रोजगार सूचना केन्द्र तुलसिपुर दाङले सल्यानको कपुरकोटमा शुक्रबार आज आयोजना गरेको रोजगारदाता र स्थानीय स्तरका ट्रेड युनियनसंग रोजगार विनियम सेवा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमका सहभागीहरु यस्तो बताएका हुन् । कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले आगामी आर्थीक वर्षका लागी गाउँपालिकाले कार्यक्रम तथा बजेट बनाउने प्रक्रिया थालनी गरेको जनाउँदै युवाहरुलाई उनीहरुको चाहना अनुसारको सिप सिकाउने तालिमका लागी बजेट विनियोजन गरिने प्रतिवद्धता जनाए ।


उनले भने, ‘अव आउने आर्थीक वर्षमा कपुरकोट गाउँपालिकाका कम्तीमा पनि ५० जना युवालाइ सिपयुक्त बनाउने हाम्रो योजना छ ।’ कार्यक्रममा कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशसकिय अधिकृत जीवराज केसी, उद्योग वाणिज्य संघ सल्यानका सदस्य कमल घर्ती लगाएतकाले बोल्दै सूचना केन्द्रले रोजगारदाता र रोजगारिको खोजीमा रहेकाहरुलाइ बढि भन्दा बढि सेवा दिने विश्वास व्यक्त गरे ।

सूचना केन्द्रको बारेमा जानकारि दिदै सूचना केन्द्र तथा व्यावसायिक तथा सीप बिकास तालीम केन्द्र दाङका प्रमुख सुदर्शन अधिकारिले केन्द्रको बारेमा जानकारि दिदै बेरोजगारहरुको लगत संकलन गरि श्रम बजारमा बेरोजगारीको स्थिति पहिचान गर्नु, रोजगारीको क्षेत्र तथा अवसरहरु खोजि गर्नु, बजार सम्बन्धि सुचनाहरु विधुतीय मध्यमबाट समेत प्रबाह गरी श्रम बजार सुचनामा सरोकारवालाको पहुँच सरल र सहज तुल्याउनु  नै आफुहरुको मुख्य उद्देश्य रहेको बताएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!