नवजागरण साकाेसले गर्याे नीति तथा कार्यविधिको संशोधन

Posted on: 02 Jun, 2018

जेठ १९, रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीको २ दिने नीति तथा कार्यविधिको अध्यावधिक कार्यशाला शनिबार रामेछाप नगरपालिकाको रामेछाप बजारमा सकिएकाे छ । सहकारीले यसअघि बनाएका नीति तथा कार्यविधिलाई अध्यावधिक गर्न सो कार्यशालाको आयोजना गरिएको सहकारीका सचिव सोमेश थापाले जानकारी दिए ।

सहकारी संस्थाका अध्यक्ष श्याम थापाका अध्यक्षतामा भएको सो कार्यशालामा सहकारीका सञ्चालक समिति तथा उपसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । कार्यशालाले यसअघि बनाएका नीति तथा कार्यविधिमा भएको व्यवस्थालाई संसोधन गरिएको सहकारीका व्यवस्थापक रमेश उदाशले जानकारी दिए । कार्यशालामा संस्थाका नीति तथा कार्यक्रमलाई समयानुकल परिमार्जन गरि वुँदागत रुपमा अनुमोदन गरिएको सहकारी संस्थाका कोषाध्यक्ष जगन्नाथ दाहालले बताए ।

यसैगरी सहकारीको वार्षिक योजना तथा बजेट निर्माण गोष्ठि पनि शनिबार सम्पन्न भएको छ । गोष्ठिमा चालु आर्थिक वर्षका योजना र बजेटको अवस्थाको समिक्षा गर्नुका साथै आगामी आर्थिक बर्षका योजना र अनुमति बजेटको बारेमा छलफल भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!