एकै दिन दोलखामा चार पत्रकारिता पुरस्कार वितरण

Posted on: 03 Jun, 2018

ताराबहादुर महत । जेठ २०, दोलखा । पत्रकारिताको माध्यमबाट विभिन्न क्षेत्रमा योगदान पु¥याएका पाँचजना पत्रकारहरुलाई शनिबार दोलखामा पुरस्कृत गरिएको छ ।

                                          तस्वीर श्रोत ः राजेन्द्र मानन्धरको फेसबुक

नेपाल पत्रकार महासंघ दोलखा शाखाले स्थापना गरेको विकास पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका उपसम्पादक राजेन्द्र मानन्धर पुरस्कृत हुनुभएको छ । पत्रकारिताको माध्यमबाट जिल्लाको विकासमा योगदान पु¥याएको भन्दै १० हजार राशीको पुरस्कार मानन्धरलाई प्रदान गरिएको हो । महासंघद्वारा नै स्थापना गरिएको गणतान्त्रिक पत्रकारिता पुरस्कार आवाज अनलाईनका पत्रकार शम्भु गौतमलाई प्रदान गरिएको छ ।

त्यसैगरी दोलखाका समाजसेवी माधवमणिराज भण्डारीले स्थापना गरेको १० हजार राशी रहेको स्वर्गीय इन्द्रमणि पत्रकारिता पुरस्कारबाट स्वास्थ्यतर्फ महिला खबर अनलाईनकी संवाददाता शर्मिला बुढाथोकी र पुननिमार्णतर्फ गोरखापत्र दैनिकका संवाददाता बाबुराम शर्मा पुरस्कृत भएका छन ।

समाजसेवी तथा पुर्वमहान्याधिवक्ता मुक्तिनारायण प्रधान तथा उहाँको परिवारले आमाको नाममा स्थापना गरेको १५ हजार रुपैँया राशीको हेमकुमारी स्मृति महिला सम्मान पत्रकारिता पुरस्कार रातोपाटी अनलाईनकी संवाददाता एलिजा उप्रेतिलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले प्रदान गर्नुभएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!