महिला वडा सदस्यको रहस्यमय मृत्यु

Posted on: 04 Jun, 2018

जेठ २१, कालिकोट | जिल्ला नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ निवासी महिला वडा सदस्य ४५ वर्षिया मना सार्कीको रहस्यमय मृत्यु भएको छ । जेठ १९ गते राती ९:३० बजे स्थानीय बासिन्दा राजिन्द्रा शाही, सिर्जना शाही लगायतले कुटपिट गरेको आफन्तहरुको आरोप छ ।

सार्कीको गत शनिबार राती ११ बजे मृत्यु भएको हो । उनका श्रीमान् चुरे सार्की रोजगारको शिलसिलामा भारतको अलमोडामा छन् । ३ छोरा र ३ छोरीकी आमा समेत रहेकी सार्कीको हत्याका बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । मृतक सार्कीको लास पोस्टमाटमको लागि जिल्ला अस्पताल मान्ममा राखिएको छ ।

कुटपिटमा संलग्न भएको हुनसक्ने भनेर सोही वडाकी राजिन्द्रा शाही, सिर्जना शाही र दुर्गा शाहीलाई प्रहरीले अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय लागेको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले मृतक सार्कीको कुटपिटकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । मृतकको लास हेर्दा कुटपिट नै भएको जस्तो देखिदैन् ।

जिल्ला प्रहरी कार्यालय निमित्त प्रमुख निरक चौलागाईले भने, ‘हामी अनुसन्धान गरिरहेका छौ । पोष्टमार्टम रिपोट आएपछि वास्तविकता आउला तर लासलाई हेर्दा अरुनै कुनै कारणले मृत्यु भएको हुनसक्ने शंका गरिएको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!