जसले छिट्टै आउने देखाए आश, आखिर आयो बाकसमा लास...

Posted on: 06 Jun, 2018

प्रेम सुनार/जेठ–२३, गुल्मी ।  हिजो मंगलवार हाडहाडे वर्दावासका एक जिसी परिवारको घर वरी परीका रुखहरुमा काग लगायतका चरा चुरुङ्गीहरु.उराठीलो स्वरमा कराउँदै थिए । चराचुरुङ्गीहरुसंगै मानिसहहरुमा रुवावासी चलिरहेको थियो ।


आज भन्दा करिव डेढ महिना अघि साउदी अरवबाट फोनमा अलिकती विरामी थिएँ, अहिले ठिक भएको छ , चिन्ता नगर्नु छिट्टै घर आउँछु भनेर श्रीमतिलाई मिठो आश देखिएका ३० वर्षिय अमर जिसीको हिजो घरमा वाकसमा शव आउँदा उनका परिवार मात्र होईन सिंगो हाडहाडेवासीको रुवावासी थियो  थियो ।

धुर्कोट गाउँपालिका वडा नम्वर ३ , साविकको हाडहाडे १, वर्दवासका अमर जिसी साउदी अरव पुगेको एक वर्ष नपुग्दै पुष्टी हुन नसकेको विमारले आज भन्दा ४३ दिन अघि साउदी अरवमा मृत्यु भएको थियो ।

हिजो देखिको रुवावासी त छँदै थियो तर आज  उनको अन्त्यष्टिका लागि तल नदी घाटमा ल्याई पुराउँदा उनकी जुम्ल्या वहिनी अमृता उदासलाई बचाउन मलामीहरुलाई निकै गाह्रो भयो । पटक पटक दाजुको चितामा हाम्फाल्ने उनलाई त्यहाँबाट हटाउन बढो मुस्कील पर्यो ।


स्थानिय समाज सेवी पदम विष्टले भने–‘ गत डेड महिनादेखि खान नखाई रातै दिनको रुवावासीले कम्जोर भएर हिड्न नसकी शाहघाट आउन सकिनन उनलाई महिलाहरुले घेरेर राख्नु भयो , मैले वहिनीलाई गाडीबाट पटक पटक हाम्फाल्न खोजेपछि कुनै अप्रिय घटना हुने डरले उनलाई गाडीमा घरतिर नलगी तम्घास आउँदै छु । ’

अमर जिसी नेपाली लोकगायन र मोडलिङ्ग क्षेत्रमा जिसी अमरका नामले चर्चित कलाकार थिए ।   उनले अन्तिम एलवमको नाम नै –‘ अन्तिम सम्झना’ राखेका थिए । उनको वास्तविक जिवनमा नै त्यस्तै भयो ।

सय भन्दा बढि गीतहरुको शव्द सिर्जना, स्वर दिएका र मोडलिङ्ग गरेका जिसीले मृत्युको अघिल्लो दिन श्रीमति भ्वाईस म्यासेज मार्फत मलाई ठिक भई सक्यो, भोली आँखाको अप्रेशन गर्न डाक्टरले बोलाएका छन् , केहि पिर नगुर्न भन्दै सन्तवाना दिएका थिए ।  छोरा छोरीलाई कुनै कुरामा दुख नदिनु , तिमीले पनि धेरै दुख नकाट्नु, पैसा पठाई हाल्छु र धेरै बस्दीन अव छिट्टै आउँछु भन्दै श्रीमतिलाई मिठा सपना देखाउँदै आएका जिसीको ४३ दिन अघिको पछिल्लो १२ घण्टा पछि सधैका लागि फोन स्वीचअफ भयो ।

उनले मृत्युको अघिल्लो दिन साँझ सम्म फेशवुक लाईभमा अन्तिम गीत समेत आफ्ना दर्शक श्रोतालाई छाडेर गएका छन् ।आकर्षक जिउडालका जिसी अमर कसैको आँखामा नबिझाउने मिलनसार र अंशमुख पात्र थिए ।

सानै देखि गाउँमा गीत गाउँदै आएका जिसी सांङ्गेतिक क्षेत्रमा स्थापित हुन कै लागि वैदेशिक रोजगारको कमाई  प्रायः पुरै खर्चेका थिए । उनकी श्रीमति सरस्वता घर्तिले भक्कानिदै भनिन अव मैले यी छोरा छोरीहरु कसरी पालुँ, हुर्काउँ ?  उल्टै पाँच लाख ऋणको भरी छ । ’ उनका ४ वर्षिया छोरी र २ वर्षिय छोरा छन् ।

यता गुल्मी कै दर्लिङ्गमा पनि कर्णबहादुर बिश्वकर्माको  केहि दिन अघि विदेशमा मृत्यु भएको छ । उनको भने शव आई पुगेको छैन । यस सम्वन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको ध्यानकृष्ट गराउने क्रममा उनका स्वकिय सचिव गणेश श्रीपालीले गुल्मीका ति दुवै युवाहरुको दुखत मृत्युका सम्वन्धमा मन्त्री ज्युको गम्भीर ध्यानकृष्ट भएको बताए ।

उनले भने–‘ जिसी अमरको शव छिटो  पठाउने विषयमा हामीले पटक पटक ताकेता गर्यो, जिसी अमर मन्त्री ज्युका सचिवाल सदस्य रमेश श्रीसका सहपाठी समेत रहेछन् । हामी सवै स्तव्ध भयौं , उनको र दर्लिङ्गका कर्णबहादुर बिश्वकर्माको कम्पनीबाट क्षतिपुर्ति र विमा रकम दिलाउनका लागि  पनि मन्त्रालय लागी परेको छ । ’

यस बिषयमा तपाइको प्रतिक्रिया...!