५० हजार घुस लिएको आरोपमा जिल्ला प्रशासन सर्लाहीका शाखा अधिकृत पक्राउ

Posted on: 06 Jun, 2018

जेठ २३, सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेशप्रसाद दास पक्राउ परेका छन् ।

घूस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले दासलार्इ पक्राउ गरेको हो । अधिकृत दासले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घूस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिवासले जनाएको छ ।

शाखा अधिकृत दास चढेको बा६च ११८६ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा ५० हजार रुपैयाँ फेला पारिएको अख्तियारको कार्यालयले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!