नाग्म गमगढी राजमार्गमा काम समयमा नगर्ने ठेकादार जुम्लाबाट पक्राउ

Posted on: 06 Jun, 2018

दान बहादुर बुढा/जेठ २३ जुम्ला | बिकट हिमाली जिल्लामा प्रर्ने नाग्म गमगढी राजमार्गको सडकलाई स्तर उन्नतीको लागी कामको जिम्मा पाएको रश्मि निमाण सेवा कालीकोटका प्रोपाईटर बरमजंग बम जुम्ला जिल्लाको तिला गाँउ पालिकाको कुडारीत्रिवेणी बाट  जेष्ठ २२ गते पक्राउ गरेका छन ।

जिल्ला प्रशासन कार्यालयको  निदेशन, आदेश हनुसार प्र्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका कार्यालय प्रमुख डा.तपन दाहालले बताएका छन । 

नाग्म गमगढी सडक खण्डको झ्यारी देखी ढुम गाँउ सम्मको बिभिन्न खण्डमा सुधार गर्ने गरी १०किमीमिटर सडक सुधार गर्ने वमले  जिम्मा लिएको भएपनि काम गर्ने समय सकिसकेको र काम सम्पन्न नभएको हुदा अलपत्र अबस्थामा रहेको देखीएको हुदा काम नहुनुको कारण के रहेछ सोध पुछको लागी जुम्ला बाट बमलाई नियन्त्रणमा लीएको  मुगु जिल्ला का प्रमुख जिल्ला  अधिकारी उमाकान्त अधिकारीले बताएका छन ।

अधिकारीका अनुसार सडक डिभिजन कायालर्य जुम्लाले बोलाउदा पनि सम्पर्कमा नआए पछि पक्रन परेको हो । बमले सडक सुधार गर्ने एरीया नेपालको सुन्दर रारा ताल र ताल्चा बिमान स्थाल नजिकै रहेको र आन्तरीक तथा बाहिय पर्यटकहरुलाई आउन जान समेत गारो भएको । मुगुको नभई पुरै कर्णालि प्रदेसको ईज्यत जाने भएको हुदा । दैनिक सयैको संख्यामा माल बाहक गाडी,बस मोटरसाईकल लाई आबत जाबतमा निकै गारो भएको सबैले घिणा गरेको अबस्थामा आफु चुप लागेर बस्न नसकेको हुदा प्रकाउ गरेको प्रजिअले बताएका छन ।

कर्णालीको कालीकोटको जुफीता घाटको पुल जुम्लाको सनुखानाको पुल लगाएत अन्य ठाउका कामको जिम्मा लिएको बमले अहिले सम्म अलपत्र रहेका छन । 

सडक डिभिजन कार्यालयका जुम्लाका निमित्त प्रमुख माधब प्रसाद अधिकारीका अनुसार रश्मि निमाण सेवाले मुगुको झ्यारी देखी ढुमलेख सम्मको १० किलो मिटर सम्मको काम २०७४जेष्ठ ३०गते सम्म सम्पन्न गरी सक्र्ने हो भन्दै बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!