डोल्पामा माथिबाट खसेको ढुंगाले लागेर एकको मृत्यु

Posted on: 07 Jun, 2018

जेठ २४, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ चिप्ले भिरमा जस्तापाता लिई त्रिपुराकोटतर्फ जाने क्रममा ढुंगा खसेर लाग्दा एक व्यक्तिको मृत्यु भएको छ।

गम्भीर घाइते भएका रुकुम बाफिकोट गाउँपालिका–७ बास्तोला बस्ने ३२ बर्षीय मानसिंह खत्रीको उपचारको लागि खदाङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।    


यस बिषयमा तपाइको प्रतिक्रिया...!