ओखलढुंगामा जिप दुर्घटना: श्रीमान–श्रीमतीको मृत्यु, अन्य २ घाईते

Posted on: 07 Jun, 2018

पूर्णप्रसाद न्यौपाने/जेठ २४ ओखलढुंगा । ओखलढुंगामा जिप दुर्घटना हुँदा २ जनाको मृत्युभएको छ । काठमाण्डौबाट सोलुखुम्बुतर्फ आउँदै गरेको ना १ ज ४९५० को जिप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै ज्यान गएको हो । 

सडकबाट २ सय मिटर तल जिप खस्दा ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ मुलखर्कका सिंगे तामाङ र कैलीमायाँ तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भटराईले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउने सिंगे र कैलीमायाँ श्रीमान–श्रीमती हुन् । 

दुर्घटनामा अन्य २ जना घाईते भएका छन् । घाईते हुनेहरुमा मुलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ छन् । उनिहरुको उदयपुरको घुर्मी स्थित एक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!