लमजुङमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

Posted on: 07 Jun, 2018

जेठ २४ लमजुङ | खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा आज एकजनाको मृत्यु भएको छ । 

ढिस्कोले पुरिएर मध्यनेपाल नगरपालिका– ७ इशानेश्वरमा १८ वर्षीय श्यामबहादुर परियारको मृत्यु भएको हो । उक्त घटनामा स्थानीयवासी ५५ वर्षीय माधव अधिकारी र ५६ वर्षीय किमबहादुर नेपाली घाइते भएका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । 

दुवैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । इशानेश्वर मन्दीरमा एक सय आठ धारा निर्माण गर्ने क्रममा खानेपानीको टयाङ्कीका लागि खाल्डो खन्ने क्रममा उक्त घटना घटेको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!