सल्यानको कपुरकोट गाउँपालिकाको वडा कार्यालयहरु छड्के अनुगमन

Posted on: 07 Jun, 2018

जेठ २४, सल्यान। कपुरकोट गाउँपालिका सल्यानले वडा कार्यालयहरुको छड्के अनुगमन सुरु गरेको छ । वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा प्रभावकारि भए नभएको, कार्यालय व्यवस्थापन उचीत भएनभएको तथा जनप्रतिनिधी र कर्मचारिले गर्ने कामको अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष तिला बुढा तथा प्रशासन र योजना शाखाका कर्मचारि एवम् पत्रकार सहितको टोलिले ६ र ३ नम्बर वडा कार्यालयको अनुगमन गरेको हो ।


वडा कार्यालयले समयमै राजस्व दाखिला गरेनगरेको, आफ्नो काम, कर्तव्य र अधिकार अनुसार वडाअध्यक्ष, सचिव र वडा सदस्यहरुले काम गरेनगरेको लगाएतका विषयमा अनुगमन र स्पष्टीकरण समेत सोधिएको गाउँपालिकाका सूचना अधिकारि जीवराज केसीले जानकारी दिएका छन् ।

सो अवसरमा गाउँपालिका अध्यक्ष सेनले वडा कार्यालयका हरेक गतीविधि र क्रियाकलापको अभिलेख राख्न निर्देशन गर्दै जनताको काममा दत्तचित्त भएर गुनासो नआउनेगरि काम गर्न आग्रह गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!