ग्याँस उत्पादन गर्ने लक्ष्य सहित छत्रकोटमा सरसफाई अभियान

Posted on: 07 Jun, 2018

प्रेम सुनार | जेठ २४, गुल्मी | विश्व वातवरण दिवसको सप्ताह व्यापी सरसफाई अभियानका क्रममा गुल्मीको छत्रकोट गाउँपालिकाले निकट भविश्यमा गाउँमै खान पकाउने ग्याँस उत्पादन गर्ने लक्ष्य सहित सरसफाई अभियान सुरु गरेको छ ।

अभियानको भव्य समारोहका विच गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले उद्घाटन गरेका हुन् । समारोहमा अभियान्तहरुलाई सम्वोधन गर्दै पन्तले भने–‘ अव गाउँमा दुर्घन्ध दिने र विमार फैलाउने फोहरलाई  हामीले संकलन गरेर फैसा कमाउँदै छौ, विज्ञहरुबाट सुझाव लिएर सरसफाई महाअभियान सुरु गरेको हौं , अव फुटेका सिसीबाट समेत तपाईहरुले पैसा कमाउँदै हुनुहुन्छ । सड्ने गल्ने फोहर संकलन गरेर ग्याँस उत्पादन गर्ने लक्ष्य लिईएको छ यसमा  सवै गाउँपालिकावासीले साथ दिनु होला ।’

उनका अनुसार त्यस अभियनको मुख्य उद्देश्य छत्रकोटलाई सफा स्वच्छ बनाई स्वास्थ्य र सुखी छत्रकोटवासी वनाउनु रहेको छ । छत्रकोटलाई तिन सरसफाई क्षेत्र बनाईएको छ । विश्व वातवरण दिवसको अवसर पारेर  सरसफाई अभियान प्रारम्भ भई सकेको छ ।

तिन प्रकारको फोहरहरुलाई अलग अलग डस्मीनमा राखिने छ । वजार क्षेत्रमा तिन वटा डम्पीङ्ग साईड निर्माण गरिने छ । यस अभियानका अभियान्तहरु  व्वजार ब्यवस्थापन समिति, आमा समुह , युवा क्लव , विभिन्न संघ संस्था, शैक्षिक संस्था, सुरक्षा निकाय र आम जनसमुदाय रहने छन् ।


यातायातका साधानहरुले शन्देश दिने कार्यमा सघाउने छन । जसमा महत्वपुर्ण भुमिका सञ्चारकर्मीहरुको रहेन छ । बुधवारका दिन आम छत्रकोटवासीले आ–आफ्नो घर टोल सधै सफा राख्ने प्रतिवद्धता जनाएका छन् । नियमित सरसफाई अभियानको परिणामवारे अनुगमन भई रहने छ ।

मुल समिति अध्यक्ष धातानन्द भुसालका अनुसार छिमेकी गाउँपालिका गुल्मीदरवारको सिमा भेडुवाको श्रीनगर देखि रुरुको सिमा धरमपोखरा सम्मलाई मुल समिति मानिने छ । त्यहाँ देखि धरम पोखरा सम्म र्याली निकालेर सन्देश प्रवाह गरिएको छ ।  अभियानको गाउँपालिका प्रमुख पन्तले उद्घाटन गरेका थिए । 

र्याली पछि श्रृङ्गामा कोण सभा आयोजना गरी गाउँपालिकावासीलाई उनले सपथ खुवाएका थिए ।  गाउँपलिका उपप्रमुख नर्मदा भण्डारीले  हरेक ब्यक्ति परिवार र टोलले यसलाई साझा अभियान ठानेर कुनै पनि प्रकारको फोहर जथाभावी नफाल्न आग्रह गरिन । प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थीले यस आर्थिक वर्षमा कुल ४ लाख ८६ हजार  सरसफाई अभियानका लागि रकम छुट्टाईएको बताए । त्यस मध्ये ५० हजार समुदायको र वाँकी गाउँपालिकाको रहेको छ ।

उनले हरेक महिनाको मशान्तमा वजार ब्यवस्थापन समिति, गाउँ टोल मिलेर घर आँगन सरसफाईमा जुट्ने जानकारी दिए । त्यस्तै सरकारी कार्यालय, शैक्षिक र अन्य संघ संस्थामा हरेक महिनाको अन्तिम सुक्रवारको कार्यालय समय पछि सरसफाईमा जुट्ने विधी बनाईएको उनले बताए । 

वडा कार्यालय हुँदै सिङ्गो गाउँपालिकालाई पुर्ण सफा वनाईने लक्ष्यलाई सवै गाउँपालिकावासीले साथ दिने कुरामा आफु विश्वास्त रहेको उनको भनाई थियो । सरसफाई र स्वास्थ्य क्षेत्रमा साविकको पल्लीकोट गाविसका  स्वास्थ्य चौकी प्रमुख तथा हाल छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाका सिअहेव श्यामसुन्दर पोखरेलले उद्घाटन सत्रको  सहजीकरण गरिएका थिए । कार्यक्रममा  सवै वडाध्यक्ष सहितका जनप्रतिनिधी सहित जिल्ला समन्व्य समिति सदस्य गंगा पन्थको पनि विशेष आतित्यथा थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!