सर्लाहीमा ट्रेक्टर पल्टिँदा संजयको मृत्यु, चालक फरार

Posted on: 08 Jun, 2018

जेठ २५, सर्लाही | सर्लाहीको बरहथवा नगरपालिका -१६ जानकीनगरमा ट्रेक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान लखनदेही खोलामा बालुवा लिन जाँदै गरेको ज १ त ७१४५ नम्बरको ट्रेक्टर पल्टिँदा सोही ठाउँका १८ वर्षिय संजय यादवको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पछि फरार भएको ट्रेक्टर चालकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मृतक संजयको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!